आज भारतमा लोकसभा निर्वाचन मतगणना हुँदै, विपक्षद्वारा अवरोध हुनसक्ने कडा सुरक्षा

आज भारतमा लोकसभा निर्वाचन मतगणना हुँदै, विपक्षद्वारा अवरोध हुनसक्ने कडा सुरक्षा

काठमाडौं - छिमेकी देश भारतमा आज लोकसभा निर्वाचनको मतगणना हुदैछ । निर्वाचन आयोगले बिहान ८ बजेदेखि मतगणना गर्ने तयारी गरेको छ ।

सातौं चरणको मतदान सकिएपछि भारतीय मिडियाले मतरुझान सार्वजनिक गरेका थिए । अधिकांस मतरुझानमा भारतीय जनता पार्टी नेतृत्वको एनडिए गठबन्धनले भारी बहुमत ल्याउने दाबी गरिएको छ ।

विपक्ष गठबन्धनले मतगणना अवरुद्ध गर्नसक्ने आकलन गरिएको छ सोही कारण सुरक्षा ब्यबस्था कडा बनाइएको छ ।

लोकसभामा ५४३ सिट छन् । सरकार बनाउन २७२ आवश्यक पर्छ । ५४३ मध्य एक सिटमा निर्विरोध भएका थिए । आज ५४२ सिटको मतगणना हुनेछ ।