टी२० विश्वकपः नेपाल र नेदरल्याण्ड्सबीचको खेल तीन स्थानमा निशुल्क हेर्न पाइने

टी२० विश्वकपः नेपाल र नेदरल्याण्ड्सबीचको खेल तीन स्थानमा निशुल्क हेर्न पाइने

काठमाडौं - आईसीसी टी२० क्रिकेट विश्वकपका खेलहरु काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेको छ ।

महानगरपालिका अनुसार भोलि साँझ सवा नौ बजेदेखि सुरु हुने नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई प्रत्यक्ष रुपमा देखाइने छ । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन् ।

महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सहआयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको हो ।

यी स्थानहरुमा खेल हेर्न कुनै शुल्क तिर्नु पर्ने छैन । प्रदर्शन स्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ । टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योेमाको सांगीतिक प्रस्तुति दिने बताइएको छ ।