लोकसभा निर्वाचन मतगणना नरेन्द्र मोदी र भाजपालाई झड्का -एकल बहुमत असम्भव

लोकसभा निर्वाचन मतगणना नरेन्द्र मोदी र भाजपालाई झड्का -एकल बहुमत असम्भव

काठमाडौं - भारतको लोकसभा निर्वाचनको मतगणना जारी छ । ५४३ सिटमा गणना जारी हुँदा भारतिय जनता पार्टीले जम्मा २४३ सिटमा अग्रता कायम गरेको छ । सरकार बनाउन २७२ सिट चाहिन्छ ।

सन् २०१९ को लोकसभा निर्वाचनमा भाजपाले एक्लै ३०३ सिट ल्याएको थियो । यसपटक नरेन्द्र मोदीको जादु चल्न सकेन ।

एनडिए गठबन्धनले २९५ सिटमा अग्रता कायम गरेको छ यद्यपि भाजपा एकल बहुमत ल्याउन नसक्ने भएपछि सरकार कसको बन्छ भन्ने यकिन गर्न गाह्रो छ ।

बिहारका मुख्यमन्त्री नितिश कुमारलाई विपक्ष इन्डिया गठबन्धले उप-प्रधानमन्त्रीको अफर गरेको छ ।