यस्यसवी राज्यलक्ष्मी शाहले जुन २२ मा ठूलो साँस्कृतिक कार्निभल गर्दै

यस्यसवी राज्यलक्ष्मी शाहले जुन २२ मा ठूलो साँस्कृतिक कार्निभल गर्दै

काठमाडौं - नयाँ पुस्ताकी व्यबसायी यस्यसवी राज्यलक्ष्मी शाहले जुन २२ मा दरबारमार्ग स्थित अन्नपूर्ण होटलमा साँस्कृतिक कार्निभल आयोजना गर्ने भएकी छिन् । 

बच्चा देखि वयस्कहरुलाई मनोरञ्जन गर्न दिनभर सबिन राई, रचना दाहाल, परिवर्तन ब्यान्ड र अन्य कलाकारले प्रस्तुति दिनेछन् ।

उक्त कार्निभलमा नेपालका स्थानीय उत्पादनहरू बिक्रीमा राखिनेछ । नेपाली खाना र अन्य धेरै खानाका स्टलहरू सहित बियर उत्सव पनि राखिएको छ । 

कार्निभलमा बालबालिकाको लागी खेल्ने ठाउँ ,कला र चित्रकला प्रदर्शनी हुनेछ । सहभागी हुन इच्छुकले खल्ती एपबाट टिकट काट्न सक्नेछन् ।

यस्यसवी राज्यलक्ष्मी शाह कर्णाली प्रदेशसभा सदस्य तथा काङ्ग्रेस नेता राजीव बिक्रम शाहको छोरी हुन् । ऊनी स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्न र नयाँ पुस्तालाई उद्यमी बन्न प्रेरित गरिरहेकी छिन् ।