वीरेन्द्रनगरका लेखा अधिकृत हरी क्षेत्रीको हृदयघातका कारण निधन

वीरेन्द्रनगरका लेखा अधिकृत हरी क्षेत्रीको हृदयघातका कारण निधन

सुर्खेत - वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरी क्षत्रीको निधन भएको छ । हाल वीरेन्द्रनगर–७ इत्राम घर भएका ५२ वर्षीय लेखाअधिकृत क्षत्रीको मंगलबार निधन भएको हो । उनको जन्मघर पर्वतको कुस्मा हो ।

वीरेन्द्रनगरका निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका क्षेत्रीको हृदयघातका कारण निधन भएको कर्णाली प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए । उनकाअनुसार उपचारका लागि चिकित्सवको सक्दो प्रयास गरेपनि अक्सिजनको लेभलमा सुधार नभएपछि निधन भएको हो ।

क्षेत्रीको शव अस्पतालको शव गृहमा राखिएको छ । स्थानीय निजामति कर्मचारीमा समायोजन भएपछि क्षेत्री २०७४ साउन १५ गते वीरेन्द्रनगर नगरपालिकाका हाजिर भएका थिए ।

त्यसअघि उहाँ दैलेख, कालिकोट लगायतका जिल्लामा कार्यरत रहेको वीरेन्द्रनगर नगरपालिकाका जिन्सी शाखाका प्रमुख खड्क केसीले जानकारी दिए । उहाँ कर्मनिष्ट, कर्तव्यशील, मिलनशार र कर्मचारीको हितमा लड्ने व्यक्तित्वको निधनले सिंगाे नगरपालिका परिवार स्तव्ध भएकाे केसीले बताए ।

क्षत्रीलाई हृदयघात हुनु पूर्व बुलबुले तालमा डुंगा उद्घाटन कार्यक्रमको उदघोषण गरेका थिए । मुख्यमन्त्री यामलाल कँडेलसहित सहभागी कार्यक्रम समापन पश्चात केसी बुलबुले उद्यानमा वेहाेस भएका थिए । उनलाई तत्काल उपचारको कर्णाली प्रदेश अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा निधन भएको हो । क्षत्रीका एक छोरा र दुई छोरी छन् ।