गण्डकीमा देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी तथा मनाङे पूर्वाधार तथा यातायातमन्त्री नियुक्त

गण्डकीमा देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी तथा मनाङे पूर्वाधार तथा यातायातमन्त्री नियुक्त

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फणिन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्री नियुक्त गरेका छन् ।

देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाण्डेले दिएका हुन् । उनीहरूले पद तथा गोपनियताको शपथ पनि लिइसकेका छन् ।

माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले ह्वीप जारी भए पनि पाण्डेलाई विश्वासको मत दिएका थिए ।

फणिन्द्र अहिले माओवादी कोटाबाटै संसदको सामाजिक विकास समिति सभापति छन् । माओवादी चुनाव चिह्नबाट चुनाव लडेर जितेका देवकोटाले आफू अलग्गै पार्टीको सांसद भएको बताउँदै आएका देवकोटाले फ्लोर क्रस गरेर पाण्डेलाई विश्वासको मत दिए बापत मन्त्री उपहार पाएका हुन् ।

मनाङका स्वतन्त्र सांसद मनाङेलाई मुख्यमन्त्री पाण्डेले नै दोस्रो पटक भौतिकमन्त्री बनाएका हुन् । माओवादीले समर्थन फिर्ता लिएपछि सत्ता आफ्नो पक्षमा पार्ने रणनीति अनुसारै मनाङेलाई गत वैशाख ५ गते सुरेन्द्रराजले भौतिक भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी दिएका थिए ।