आयुषलाई बङ्गलादेशमा स्वर्ण

आयुषलाई बङ्गलादेशमा स्वर्ण

काठमाडौँ - नेपालका आयुष ढुङ्गेलले बिहीबार प्रथम बिकेएसपी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियन्सीपमा स्वर्णपदक जित्नुभएको छ ।

टिम व्यवस्थापक प्रदीप थापा मगरका अनुसार बङ्गलादेशको ढाकामा भएको प्रतियोगितामा आयुषले पुरुष ६३ केजी तौल समूहको उपाधि भिडन्तमा आयोजक बङ्गलादेशका अल सुवेद राइमलाई पराजित गर्नुभयो । यसअघि, आयुषले सेमिफाइनलमा यासिनलाई पराजित गर्नुभएको थियो ।

पुरुष ५४ केजीमा पनि नेपालका शेख इरफान खरेलले आयोजकका अब्दु जायद खानलाई हराएर स्वर्णपदक हासिल गर्नुभयो । पुरुष ४५ केजिमा भने नेपालका पदम घले सेमिफाइनलमा भारतीय खेलाडीसँग हारेपछि रजत पदकमा सीमित बन्नुभयो । नेपाली टिमको प्रशिक्षकमा मोहम्मद उमर खान हुनुहुन्छ ।