ताप्लेजुङको फक्ताङ्लुङ पहिरोमा परेर गाउँपालिका उपाध्यक्षका बावु, आमा र दुई बहिनीको निधन

ताप्लेजुङको फक्ताङ्लुङ पहिरोमा परेर गाउँपालिका उपाध्यक्षका बावु, आमा र दुई बहिनीको निधन

ताप्लेजुङ – गएराति ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिम, तिङ्दुमा बाढीमा परेर एकै परिवारका चार जनाको निधन भएको छ।

बाढीले घर बगाउँदा गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुका बुवा ७० वर्षीय रामबहादुर लिम्बु, आमा ५० वर्षीया जसमाया र दुई जुम्ल्याहा बहिनी ९ वर्षीया गंगा र जमुनाको निधन भएको हो।

उपाध्यक्ष लिम्बुले आफ्नो परिवार नै गुमाउनुपरेको र अन्य दुई तीन परिवार प्रभावित भएको खबरहबलाई जानकारी दिए।

पहिरोले घर बगाउँदा ५० वटा बाख्रा र ३० वटा कुखुरासमेत मरहेको प्रहरी कार्यालय ताप्लेजुङले जानकारी गराएको छ । प्रहरीलाई प्रारम्भिक जानकारी ४० वर्षीय युगेन र उनकी तीन वर्षीया छोरी गम्भीर घाइते भएका छन् ।