विश्व बैंकको सहयोगमा सडक स्तरोन्नति हुँदै

विश्व बैंकको सहयोगमा सडक स्तरोन्नति हुँदै

दमौली– तनहुँको व्यास नगरपालिकाका सडक स्तरोन्नति सुरु भएको छ । विश्व बैंकको सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका-७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नति सुरु गरिएको हो । 

व्यास नगरपालिका–११ घाँसीकुवामा बिहीबार आयोजित कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले उक्त कार्यको शुभारम्भ गरेका हुनु । बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कुल–कलेस्ती सडक जोडिने उक्त खण्डमा १०.५५ किलोमिटर कालोपत्र हुनेछ । सडक स्तरोन्नतिका लागि रु ४० करोड ८३ लाख ३५ हजार नौ सय २१ मा निर्माण कम्पनी बिकेएचटिडिसिएल एसिपिएल जेभी कालीमाटीसँग सम्झौता भएको हो ।  

उक्त सडकले व्यास नगरपालिका–११ स्थित बुल्दीखोला, बेल्टारी, फराकचौर, व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङ, पोख्रेलफाँट, व्यास नगरपालिका–९ कुमालगाउँ, व्यास नगरपालिका–७ समता स्कुल, कलेस्तीलाई जोड्नेछ ।