मनकामना केबुलकार ५० दिन बन्द हुने

मनकामना केबुलकार ५० दिन बन्द हुने

काठमाडौं– गोरखाको मनकामना केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रा.लि.ले एकसूचना जारी गर्दै यही असार ३१ गतेदेखि असोज १० गतेसम्मका लागि सेवा बन्द हुने जनाएको हो ।

प्रा.लिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले केबुलकार मर्मत संभार र स्तरोन्नतीका लागि सेवा बन्द गर्नुपरेको जानकारी दिए ।

सो अवधिमा केबुलकारको डिजिटल प्रणालीको स्तरोन्नति र केबुल तार फेर्ने कार्य हुनेछ ।