सुर्खेतमा स्वास्थ्य बिज्ञान प्रतिष्ठान आवश्यक - नेता शाह

सुर्खेतमा स्वास्थ्य बिज्ञान प्रतिष्ठान आवश्यक  - नेता शाह

सुर्खेत - कर्णाली प्रदेश सभा सदस्य राजीव बिक्रम शाहले कर्णाली प्रदेश सरकारले ल्याएको बजेट माथि धारणा राख्दै असारे बिकासको अन्त्य गर्न आग्रह गरेका छन्। 

उनले मुख्यमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन काठमाण्डौका मेयर बालेन शाहले अगाडि बढाएको स्वरोजगार तथा रोजगार मोडेल कर्णालीमा समेत गर्नुपर्ने बताएका छन्।कर्णालीका युवाहरुलाई सफ्ट लोन उपलब्ध हुनुपर्ने समेत उनले माग राखेका छन्। 

उनले कर्णालीमा मन्त्रालय र मातहतका निकायमा कर्मचारी धेरै नटिक्ने कुराको हल पनि खोजिनुपर्ने बताएका छन्।  कर्मचारी  प्रशासनमा अस्थिरता भएका कारण योजना कार्यान्वयनमा समस्या र जटिलता उत्पन्न भएको  शाहको दाबि छ। 

आन्तरिक  राजस्वको लक्ष्य हेर्दा कर्णाली परनिर्भर प्रदेशको रुपमा रहिरहने खतरा रहेको  शाहले बताएका छन्। कर्णाली प्रदेशमा सम्भावना हुदा हुदै पनि संघिय सरकार सङ प्रत्यक वर्ष आश्रित हुनुपर्ने खानको परिपाटी अन्त्य गर्न सबै लाग्नुपर्ने शाहले बताएका छन्। उनले कर्णाली लगानी बोर्ड स्थापना गर्न सरकार संग माग गरेका छन्। 

भुकम्प प्रभावित जाजरकोट ,रुकुम पश्चिम र सल्यानको पुनर्निर्माणका लागी प्रयाप्त बजेट विनियोजन नभएको र जम्मा ५० करोड पनि कहाँ खर्च भन्ने कुरा स्पष्ट पार्न सरकारलाई आग्रह गरेका छन्। शाहले सुर्खेतको प्रदेश अस्पताललाई स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा परिणत गर्न तत्कालिन मुख्यमन्त्री जीवन बहादुर शाहीले अगाडि बढाएको योजना किन रोकिएको भन्दै प्रश्न गरेका छन्।