‘ताज’ बन्यो विश्वकै सबैभन्दा प्रतिष्ठित होटेल ब्राण्ड

‘ताज’ बन्यो विश्वकै सबैभन्दा प्रतिष्ठित होटेल ब्राण्ड

काठमाडौं– भारतको ‘ताज’ होटेल विश्वकै सबैभन्दा प्रतिष्ठित होटेल ब्राण्ड बनेको छ ।

इण्डियन होटेल कम्पनी (आईएचसीएल) ले विज्ञप्ति जारी गर्दै ताज ब्राण्ड फाइनान्सको सबैभन्दा प्रतिष्ठित होटेल ब्राण्ड बन्न पुगेको जानकारी दिएको हो ।

भारतीय आर्थिक अनलाइन पोर्टल इकोनोमिक टाइम्सका अनुसार ताज ब्राण्ड फाइनान्सले जारी गरेको विश्वको सबैभन्दा प्रतिष्ठित र बलियो होटेल ब्राण्डको शीर्ष स्थानमा रहेको छ ।

ब्राण्ड फाइनान्सको होटेल ५० प्रतिवेदनमा ताजको ब्राण्ड भ्यालु ४५ प्रतिशतले बढेर ५४ करोड ५० लाख डलर पुगेकोे उल्लेख छ ।

ब्राण्ड स्ट्रेन्थ सूचकांकमा ताजलाई १०० मा ९२ दशमलब ९ अंक दिइएको छ भने यसको रेटिङ एएए प्लस छ, जुन ब्राण्ड फाइनान्सको उच्चतम रेटिङ हो ।

प्रतिष्ठित ताज ब्राण्ड विश्वकै सबैभन्दा प्रतिष्ठित ब्राण्ड बन्न पुगेकोमा गौरवान्वित रहेको आईएचसीएलका प्रमुख कार्यकारी एवम् प्रबन्ध निर्देशक पुनित छतवलले जनाएका छन् ।