युरोकप २०२४ : स्वीट्जरल्याण्ड र स्कटल्याण्डले खेले बराबरी

युरोकप २०२४ : स्वीट्जरल्याण्ड र स्कटल्याण्डले खेले बराबरी

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल अन्तर्गत दोस्रो चरणको खेलमा स्वीजरल्याण्ड र स्कटल्याण्डले बराबरी खेलेका छन् ।

आज बिहान सम्पन्न समूह ‘ए’को खेलमा स्वीट्जरल्याण्ड र स्कटल्याण्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

स्वीट्जरल्याण्डका जेर्डन शाकिरी र स्कटल्याण्डका स्कट म्याकटोमिनीले एक–एक गोल गरेका थिए ।

खेलको १३औँ मिनेटमा स्कटल्याण्डका क्याकटोमिनीले सुरुवाती गोल गरेका थिए । तर २६औँ मिनेटमा स्वीट्जरल्याण्डका जेर्डनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि दुवैतर्फबाट थप गोल नहुँदा खेल बराबरीमा सकिएको थियो ।

यो बराबरीसँगै समूह ‘ए’ को स्वीट्जरल्याण्ड दुई खेलबाट ४ अंकका साथ समूहको दोस्रो स्थानमा रहेको छ । स्वीट्जरल्याण्डको अन्तिम १६ को सम्भावना बलियो रहेको छ । एक अंक भएको स्कटल्याण्ड तेस्रो स्थानमा छ ।

अब समुह चरणको अन्तिम खेलमा स्वीट्जरल्याण्डले जुन २४ मा जर्मनीको सामना गर्ने छ भने स्कटल्याण्डले हंगेरीसँग खेल्नेछ ।