मुगु : सोरु गाउँपालिमा ५३ करोड ५१ लाख बजेट प्रस्ताव

मुगु : सोरु गाउँपालिमा ५३ करोड ५१ लाख बजेट प्रस्ताव

मुगु - सोरु गाउँपालिकाको १४ औं गाउँ सभामा अध्यक्ष धर्मबहादुर शाहीले आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष धर्म बहादुर शाहीले ११ वटै वडातहका बस्तीस्तरमा सडक निर्माण, ५५ वटा बस्तीका स्थानीयलाई शुद्ध खानेपानी, ग्रामिण विद्युतीकरण, विद्यालय भवन निर्माण, सबै वडातह बाटै  सेवाप्रवाह हुने गरि पूर्वाधार निर्माणको व्यवस्था गर्ने बताएका छन् । 

आर्थिक वर्ष २०८१/०८२ को लागि सोरु गाउँपालिकाले ५३  करोड ५१ लाख २ हजार ९६ रुपैयाँ प्रस्तुत गरेको छ । पालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा ४६ करोड ४६ लाख ४७ हजार बजेट प्रस्तुत गरेको छ ।

१४ औं गाउँसभामा उपाध्यक्ष केशरबहादुर शाहीले बजेट प्रस्तुत गरेका छन् । अघिल्लो वर्षको तुलनामा योपटक पालिकाले झण्डै ८ करोड बजेट बढी प्रस्ताव गरेको छ ।

प्रस्तुत बजेटमा पूँजीगततर्फ २२ करोड ८४ लाख ७० हजार रहेको भने भने चालुतर्फ ३० करोड ६६ लाख ३२ हजार ९६ रुपैयाँ छुट्याइएको छ ।

पालिकाले ५० लाख बराबरको आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको छ ।  बजेटमा शिक्षामा ,स्वास्थ्य, पूर्वाधार निर्माण रैथाने बाली प्रवर्धन, सूचना प्रविधि, लैगिंक हिंसा न्यूनिकरण जस्ता कार्यक्रमलाई  विशेष प्राथमिकता दिइएको छ ।