बिर्तामोड–शनिश्चरे सडक कालोपत्र

बिर्तामोड–शनिश्चरे सडक कालोपत्र

झापा– झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको ६ किलोमिटर सडकमा करिब साढे १५ करोडको लगातमा कालोपत्र गर्ने काम थालिएकोे छ ।

पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रसुरु भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिए ।

बिर्तामोडको टाटा शोरुमदेखि महानन्द चोकसम्मको करिब पाँच सय मिटर सडकको चौडाइ १५ मिटर हुनेछ भने बाँकी सात मिटर हुनेछ । कालोपत्रको मोटाइ ४० सेन्टी मिटर रहने उनको भनाइ छ ।

सडक निर्माणमा ढिलाइ भएको जनाउँदै तीन महिनाअघिदेखि स्थानीयवासीले सडक अवरुद्ध गर्दै आएका थिए । सडक निर्माण सुरु भएसँगै स्थानीयवासी खुसी भएका छन् ।

सडक कालोपत्रका लागि २५ करोडको कबोल अङ्क तोकेर बोलपत्र आह्वान गरिए पनि निर्माण कम्पनीले १५ कराड ५० लाखमा ठेक्का लिएको छ ।