आठ सय कामदार इजरायल पठाइँदै
![आठ सय कामदार इजरायल पठाइँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/sdfhnsfgh_BFv8c4b4PY_m0rzp203psvkbyrelrzcniwsszkglkjeyhdda093m903kqsajl1ss4qgjicn_k1MJHwsvhk_czokehnrq5y32ywwxfjnwhx5sfljghrtw9bsufkeagfad6nmvrdjczubefyv.jpg)
काठमाडौँ - वैदेशिक रोजगार विभागले आठ सय कामदार इजरायल पठाउने भएको छ । मङ्गलवार सूचना प्रकाशन गरी विभागले २१ दिन भित्र आवेदन दिने इच्छुकहरूलाई आव्हान गरेको छ ।
नेपाल सरकार र इजरायल सरकारबिच भएको श्रम सम्झौता अनुसार इजरायलका लागि दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार पठाउँदै आएको छ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपाङ्गता भएका व्यक्तिहरूको स्याहारको लागि सहायक कामदारको रूपमा कार्य गर्नु पर्ने हुन्छ ।
प्रतिक्रिया