कोपा अमेरिका : अर्जेन्टिना क्वाटरफाइनलमा

कोपा अमेरिका : अर्जेन्टिना क्वाटरफाइनलमा

काठमाडौं– अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ । आज बिहान सम्पन्न खेलमा चिलीलाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । अर्जेन्टिनाले समूह ‘ए’ मा लगातार दोस्रो जित निकालेको हो ।

चिलीविरुद्धको जितमा खेलको ८८औँ मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि समूह ‘ए’ अर्जेन्टिनाको २ खेलबाट ६ अंक भएको छ भने क्यानडाको २ खेलबाट ३ तथा चिली र पेरुको १–१ अंक रहेको छ ।

अब अर्जेन्टिनाले समूह चरणको अन्तिम खेलमा जुन ३० मा पेरुसँग खेल्ने छ भने चिलीले क्यानडाको सामना गर्नेछ ।