उरुग्वेको कोपा अमेरिकामा लगातार दोस्रो जित
![उरुग्वेको कोपा अमेरिकामा लगातार दोस्रो जित](https://snowberry.prixacdn.net/media/gallery_folder/Urugwe.png_YNfW9XSFna_dfevxn35uncvamrbk5uftz31dwmssxt2fytstjr4jwedtpno4uhwpzisvujz_p96UPEmBwZ_sxighwrxadckt871nnxa4bmyodkdjjnukjkcoygtzrwtec5aoaopzjsbchyq.png)
काठमाडौं- उरुग्वेले जारी कोपा अमेरिकामा लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा उरुग्वेले बोलिभियालाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
उरुग्वेको जितमा फाकुनडो पेलीस्ट, डार्विन नुनेज, म्याक्सिमिलियानो अराउजो, फेडेरिको भाल्भर्डे र रोड्रीगो बेनटानचरले एक एक गोल गरेका थिए ।
उरुग्वेले यस अघि पहिलो खेलमा पानामालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।
यो जितपछि उरुग्वेले समुह सी मा २ खेलमा ६ अंक हासिल गरेको छ र शीर्ष स्थानमा रहेको छ । उरुग्वेको क्वाटरफाइनमा पुग्ने निश्चित जस्तै रहेको छ ।
समुह चरणको अन्तिम खेलमा उरुग्वेले अमेरिकाको सामना गर्ने छ भने पानामाले बोलिभियाको सामना गर्ने छ ।
प्रतिक्रिया