कांग्रेसले गर्‍याे एमालेसँगको सहमति अनुमोदन

कांग्रेसले गर्‍याे एमालेसँगको सहमति अनुमोदन

काठमाडौं– नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सत्ता समीकरणका लागि भएको लिखित सहमति अनुमोदान गरेको छ ।

सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा बुधबार बसेको कार्यसम्पादन समिति बैठकले दुई शीर्ष नेताबीच सोमबार राति भएको सहमतिलाई अनुमोदन गरेको हो ।

‘कार्यसम्दान समिति बैठकले मुलतः कांग्रेस र एमालेबीच जुन समझदारी भएको थियो । आगामी सहकार्य गरेर जाने सम्बन्धमा तयसलाई स्वागत ग¥यो । समर्थन ग¥यो,’ बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘सुरुमा नेकपा ओलीको नेतृत्वमा सरकार बन्ने र दोस्रो चरणमा आमनिर्वाचन सम्पन्न भएसम्म सभापति देउवाले नेतृत्व गर्ने यही विषय नै समझदारीको मूल विषय हो । समझदारीलाई कार्यसम्पादनले अनुमोदन गरेको छ ।’

पर्टीका भ्रातृ संगठनको समय थप्ने र निर्देशक समिति गठन गर्ने सभापति देउवाको निर्णयलाई पनि बैठकले अनुमोदन गरेको महतले बताए ।

‘सभापतिलेज्यूले जुन निर्णय गर्नुभएको थियो, भ्रातृ संगठनसम्बन्धमा, समय थप्ने सम्बन्धमा र निर्देशक समिति सम्बन्धमा त्यो निर्णयलाई पनि अनुमोदन गरेको छ,’ महतले भने ।