संसदीय दलको नेता बन्दै राजीव शाह

संसदीय दलको नेता बन्दै राजीव शाह

सुर्खेत - कर्णाली प्रदेशसभाको सबैभन्दा ठुलो दल नेपाली काङ्ग्रेसको संसदीय दलको नेता जाजरकोट बाट निर्वाचित राजीव शाह बन्ने पक्का भएको छ । 

पुर्व मुख्यमन्त्री तथा संसदीय दलका नेता जीवन बहादुर शाही निलम्बनमा परेपछि नेपाली काङ्ग्रेस संसदीय दलबिहिन बन्न पुगेको थियो ।

जीवन बहादुर शाही पछिका सिनियर नेता राजीव बिक्रम शाहलाई संसदीय दलको नेता बनाउन सभापति शेर बहादुर देउवा, उपसभापति पुर्ण बहादुर खड्का र जीवन बहादुर शाही सकारात्मक भएका छन् । राजीव शाह नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति सदस्य समेत हुन् । ऊनी २०७० सालको संविधानसभा निर्वाचनमा जाजरकोट -२ बाट निर्वाचित समेत भएका थिए । 

काङ्ग्रेस एमाले विच सत्ता समझदारी भएपछि नयाँ परिस्थिति निर्माण भएको छ । कर्णाली प्रदेशको हकमा भने मुख्यमन्त्रीमा  यामलाल कंडेलले नै निरन्तरता पाउने काङ्ग्रेस एमाले बीच सहमति भएको छ । 

राजीव बिक्रम शाहलाई संसदीय दलको नेता बनाएर प्रदेश सरकारमा काङ्ग्रेस बाट नेतृत्व गर्दै आर्थिक मामिला मन्त्री बनाएर पठाउने तयारी गरेको छ ।