पहिरोले घर पुरिँदा एकजनाको मृत्यु

पहिरोले घर पुरिँदा एकजनाको मृत्यु

बागलुङ– अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका–७ तितौरेमा गएराति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।

शर्मा घरमा एक्लै बस्दै आएकी बागलुङ–७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए ।

आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरिएको थियो ।