सांसद राजीव शाहद्वारा ट्रम्प माथी भएको प्रहार प्रती दुख व्यक्त

काठमाडौं - नेपाली काङ्ग्रेसका नेता राजीव बिक्रम शाहले अमेरिकी पुर्व रास्ट्रपति तथा २०२४ का रास्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्प माथि भएको गोलि प्रहार प्रति दुख व्यक्त गरेका छन् ।
सांसद शाहले सामाजिक सन्जाल टुइटर मार्फत दुख व्यक्त गरेका छन् । उनले लेखेका छन् `अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको हत्याको प्रयास देखेर अत्यन्त दुःखी र स्तब्ध भएको छु ।´
शाहले ट्रम्प सच्चा रास्ट्रवादी नेता भएको लेखेका छन् । राजनीति यति भ्रष्ट र विभाजनकारी भयो कि संसारको सबभन्दा स्वतन्त्र र शक्तिशाली देशमा यस्तो दु:खद घटना भएको छ जसले प्रजातन्त्र खतरामा परेको शाहको बुझाइ छ ।
पेन्सिलभेनियामा चुनावी र्यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । शनिबार राति ट्रम्पको चुनावी र्याली चलिरहेका बेला गोली चलेको हो ।
घटनामा र्यालीमा सहभागी एक जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । सीएनएनका अनुसार गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् ।
प्रतिक्रिया