शीतल निवास पुग्यो २१ मन्त्रीको सूची, कुन दलबाट को ?

शीतल निवास पुग्यो २१ मन्त्रीको सूची, कुन दलबाट को ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्न लागेका मन्त्रीहरूको सूची करिब टुंगो लागेको छ ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शपथ लिने २० जना मन्त्रीहरूको नाम राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेको हो ।

नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्रीहरूको सूची शीतल निवास पठाएका हुन् ।

गत असार १९ गते बनेको कांग्रेस-एमाले नेतृत्वको नयाँ समीकरणमा मन्त्रालयको पनि भागबन्डा मिलेको छ । जसअनुसार कांग्रेसले ९, एमालेले ८, जसपाले २ र लोसपाले १ जना मन्त्रीको नाम पठाएका छन्। नवनियुक्त प्रधानमन्त्री ओली र मन्त्रीहरूले अहिले शपथ लिँदैछन् ।

कांग्रेसबाट को को ?

प्रकाशमान सिंह- सहरी विकासरमेश लेखक- गृहआरजु राणा- परराष्ट्रतेजुलाल चौधरी- युवा तथा खेलकुदअजयकुमार चौरसिया- कानुन, न्याय तथा संसदीय मामिलादीपक खड्का- ऊर्जाऐनबहादुर शाही- वन तथा वातावरणप्रदीप पौडेल- स्वास्थ्य तथा जनसंख्याबद्रीप्रसाद पाण्डे- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनरामनाथ अधिकारी- कृषि तथा पशुपन्छी

एमालेबाट को को ?

विष्णु पौडेल- अर्थपृथ्वीसुब्बा गुरुङ- सञ्चार तथा सूचना प्रविधिराजकुमार गुप्ता- संघीय मामिला तथा सामान्य प्रशासनविद्या भट्टराई- शिक्षा, विज्ञान तथा प्रविधिदेवेन्द्र दाहाल- भौतिक पूर्वाधार तथा यातायातबलराम अधिकारी- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणदामोदार भण्डारी- उद्योग, वाणिज्य तथा आपूर्तिमानवीर राई- रक्षा

जसपा

प्रदीप यादव- खानेपानीनवलकिशोर साह सुडी- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

लोसपा

शरतसिंह भण्डारी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा