दुई वर्षपछि नेप्सेले २३ सयको विन्दु पार गर्‍यो, ९ अर्ब बढीको कारोबार

दुई वर्षपछि नेप्सेले २३ सयको विन्दु पार गर्‍यो, ९ अर्ब बढीको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज –(नेप्से) ले २ वर्ष भन्दा बढी समय पछि २३ सयको विन्दु पार गरेको छ । मंगलबार नेप्सेले २ वर्षको उच्च विन्दुमा पुगेको छ । आज एकै दिन ७०.१८ अंकले नेप्से बढेसँगै नेप्से २ वर्ष बढी समयको उच्च विन्दुमा पुगेको हो । 

मंगलबार नेप्से ३.१३ प्रतिशतले बढेर २३१०.५९ विन्दुमा पुगेको छ । यो भन्दा अगाडि २०७९ साल वैशाख २९ गते नेप्से परिसूचक १३५०.४२७ विन्दुमा थियो । त्यस यताकै सबैभन्दा उच्च विन्दु आज मंगलबार भएको हो । 

आज नेप्सेमा उछाल आएसँगै कारोबारमा पनि उछाल आएको छ । आज एकै दिन ९ अर्ब बढीको कारोबार भएको छ । आज ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर किनबेच भएको छ । 

आज शेयर र कारोबारमा उछाल आउँदा जीवन बीमा एकै दिन ३१८.८५ अंकले बढेर ११०८६.३० विन्दुमा पुगेको छ । आज १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अन्य सबै समूहमा उछाल आएको छ । 

आज २३४ वटा कम्पनीको शेयर मूल्य बढ्दा ८ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । आज १६ वटा कम्पनीको शेयर मूल्यमा भने ९ प्रतिशत भन्दा बढीले बढेको छ । ५ वटा शेयरमा भने ९ प्रतिशत भन्दा बढीले घटेको छ ।