बंगलादेशमा आरक्षणविरुद्धको आन्दोलन चर्कियो

बंगलादेशमा आरक्षणविरुद्धको आन्दोलन चर्कियो

काठमाडौं– आरक्षणविरुद्ध चलिरहेको राष्ट्रव्यापी आन्दोलनमा बंगलादेशका विभिन्न भागमा हालसम्म १९ जनाको मृत्यु भइसकेको छ ।

स्थानीय मिडियाहरूले सयौँ मानिस घाइते भएको, आन्दोलन र हिंसा निरन्तर बढ्दै गएको बताएका छन् । प्रदर्शन हिंसात्मक हुँदै गएपछि बंगलादेशका धेरै ठाउँमा इन्टरनेट सेवा बन्द गरिएको छ ।

यसैबीच, बंगलादेशको राष्ट्रिय च्यानल बीटीभीको कार्यालयमा बिहीबार दिउँसो आगलागी भएको छ । आगलागीका कारण बीटीभीको प्रसारण रोकिएको छ । 

गत जुन ५ मा रिट निवेदनका आधारमा उच्च अदालतले सन् २०१८ मा सरकारी जागिरमा आरक्षण खारेज गर्ने सरकारको सूचनालाई अवैधानिक घोषणा गरेको थियो ।

अदालतको उक्त फैसलापछि आरक्षण विरुद्धको आन्दोलन सुरु भएको हो ।