भारतमा हेलिकोप्टर कारखाना खोल्न टाटा र एअरबसबीच सम्झौता

भारतमा हेलिकोप्टर कारखाना खोल्न टाटा र एअरबसबीच सम्झौता

काठमाडौं – भारतीय कम्पनी टाटा र युरोपेली हवाईजहाज उत्पादक कम्पनी एअरबसबीच भारतमा हेलिकोप्टर कारखाना स्थापना गर्ने विषयमा सम्झौता भएको छ ।

टाटा र एअरबस हेलिकोप्टरबीच भारतमा एच १२५ निर्माणका लागि ‘फाइनल एसेम्बली लाइन’ स्थापना गर्ने विषयमा सम्झौता भएको हो ।

फार्नबोरो अन्तर्राष्ट्रिय हवाइ प्रदर्शनीका क्रममा दुई कम्पनीबीच भारतमा कारखाना स्थापना गर्ने विषयमा सम्झौता भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

भारतमा पहिलो पटक निजी कम्पनीले हेलिकोप्टरको एसेम्बली लाइन कारखाना खोल्न लागेको जनाइएको छ । कारखानाको स्थान पहिचान गर्न दुबै पक्षले काम गरिरहेको र यसबारे चाँडै घोषणा हुने अपेक्षा गरिएको छ ।

टाटा र एअरबसले स्थापना गर्ने उक्त कारखानाले एअरबसको एच १२५ हेलिकोप्टर निर्माण गर्ने एएनआईले जनाएको छ । यस कारखानाबाट उत्पादित हेलिकोप्टर भारतसँगै छिमेकी मुलुकले पनि खरिद गर्न सक्ने जनाइएको छ ।