कर्णालीका मन्त्रीलाई उपसभापति खड्काको बधाई

कर्णालीका मन्त्रीलाई उपसभापति खड्काको बधाई

काठमाडौं - नेपाली काङ्ग्रेस राजीव बिक्रम शाहको नेतृत्वमा कर्णाली प्रदेश सरकारमा सामेल भएको छ ।

कर्णाली प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा दैलेखका घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सल्यानका सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा हुम्लाकी विजया बुढा मन्त्री भएका छन् ।

प्रदेश सरकारमा सहभागी मन्त्रीलाई काङ्ग्रेस उपसभापति पुर्ण बहादुर खड्का र कार्यसम्पादन सदस्य जीवन बहादुर शाहीले बधाई दिएका छन् । 

मन्त्री नियुक्ति भएपछि ४ जनै काठमाडौं आएका छन् । उपसभापति पुर्ण बहादुर खड्काले निवासमा बोलाएर मन्त्रीहरु लाई शुभकामना दिएका छन् ।

मन्त्रीको सिफारिस उपसभापति पुर्ण बहादुर खड्का र जीवन बहादुर शाहीले गरेका थिए ।