भन्सार छलेर ल्याइएका कपडा बरामद

भन्सार छलेर ल्याइएका कपडा बरामद

झापा– भन्सार छलेर ल्याइएका १२ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बलको टोलीले बुद्धशान्ति गाउँपालिका–७ सुनमाई चियाबगान र मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट ती कपडा बरामद गरेको हो ।

बुद्धशान्ति–७ सुनमाई चियाबगानबाट परिचालन भएको सशस्त्रको टोलीले १० लाख बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गणका सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिए ।

यस्तै, अर्को टोलीले मेचीनगर–६ बसपार्क इलाकाबाट भन्सार छलेर ल्याइएको दुई लाख ५० हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको सूचना अधिकारी पोखरेलले बताए ।