१०औँ राष्ट्रिय खेलकुदको कार्यविधि बन्यो

१०औँ राष्ट्रिय खेलकुदको कार्यविधि बन्यो

काठमाडौँ - कर्णालीको सुर्खेतमा हुने १०औँ राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार भएको छ । 

बुधबार युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद मन्त्री तेजुलाल चौधरी र सदस्यसचिव टङ्कलाल घिसिङको टोलीले कार्यविधिमा छलफल गरी कार्यविधिको टुङ्गो लगाएको हो । कार्यविधिमा खेलाडी, प्रशिक्षक, अफिसियल र रेफ्रिको पोसाक, खेल सामाग्री, व्यवस्थापकीय पक्ष, १०औँ राष्ट्रिय खेलकुदमा लागु हुने नीति नियमको बारेमा छलफल गरिएको हो । 

यसमा प्रतियोगिता आयोजकको जिम्मेवारी पाएको कर्णाली प्रदेशले अन्य केही आवश्यक कार्य गर्ने समेत गर्नेछ । कार्यविधिले हालको अवस्थालाई हेरी कार्यविधि बनाएको हो । यसै अनुसार बजेटको खाका बनाउनु पर्ने हुँदा कार्यविधिको कामलाई सकिएको राखेपले जनाएको छ । १०औँ राष्ट्रिय खेलकुदको सय दिनको काउन्ट डाउन सुरु भइसकेको छ।