असोजसम्म सवा खर्ब ऋण उठाउने सरकारको लक्ष्य

असोजसम्म सवा खर्ब ऋण उठाउने सरकारको लक्ष्य

काठमाडौँ - चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले १ खर्ब १५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

सरकारले चालु आर्थिक वर्षमा आन्तरिक ऋणमार्फत ३ खर्ब ३० अर्ब स्रोत जुटाउने लक्ष्य राखेको छ । सोही योजनाबमोजिम मंगलबारसम्म करिब ३० अर्ब आन्तरिक ऋण उठाइसकिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

हालसम्म ९ र ११ वर्षे अवधिको विकास ऋणपत्र र विभिन्न अवधिका ट्रेजरी बिलमार्फत करिब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन भइसकेको छ । बुधबार ६ वर्षे विकास ऋणपत्र बिक्री गर्दै गरिँदै छ भने ११ वर्षे विकास ऋणपत्रको औसत ब्याजदर ५.२८ प्रतिशत कायम भएको छ ।

यस वर्ष बैंक तथा वित्तीय संस्थामा अधिक तरलता रहेको र ब्याजदर पनि थोरै रहेकाले ऋण उठाउने काम तीव्र गतिमा भएको कार्यालयको भनाई छ ।