लाखे नाच प्रतिबन्ध गरे सिडियोलाई घेर्न घम्की

लाखे नाच प्रतिबन्ध गरे सिडियोलाई घेर्न  घम्की

सुर्खेत - युवा नेता रवि किरण हमालले सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई धम्की दिएका छन् ।

वीरेन्द्रनगरमा परम्पराको रूपमा रहेको लाखे नाच प्रशासनले रोकेपछि किरणले आक्रोश पोखेका छन् । 

किरणले प्रमुख जिल्ला अधिकारीलाई धम्की दिएका छन् । उनले सुर्खेतमा त्यो रोकिए दुर्घटना हुने चेतावनी दिएका छन् । सिडियोले तरबार नचाउन बन्देज भएको कुरा गरेपछि प्रहरीले दिनहुँ चोक चोकमा बन्दुक भिडेर आतंक मच्चाउने काम गरेको समेत प्रसङ्ग जोडेका छन् ।

कर्णाली प्रदेशको राजधानीमा वर्षेनी लाखे नाच हुन्छ । यो परम्पराको रूपमा चलिआएको छ ।

युवा नेता किरणले भोलि मंगलबार लाखे नाच अवरुद्ध भए सिडियो कार्यालय घेर्ने धम्की दिएको जिल्ला प्रशासन सुर्खेतमा कार्यरत कर्मचारीले दाबी गरेका छन् ।