प्रवक्ता महतले भने- देश विकास गर्ने पार्टी काँग्रेस नै हो

प्रवक्ता महतले भने- देश विकास गर्ने पार्टी काँग्रेस नै हो

हेटौंडा – नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले देशको विकास गर्ने पार्टी नेपाली काँग्रेस भएको बताएका छन्। 

शनिबार मकवानपुरको हेटौडामा आयोजित जय नेपाल फाउण्डेसनको बागमती प्रदेश स्तरीय सम्मेलनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन्। 

उनले काँग्रेस कम्जोर बन्यो भने देशको विकासको गति पनि कम्जोर  बन्ने भन्दै काँग्रेसलाई गाँउ तहबाट एकतावद्ध बनाएर लैजान काँग्रेसका नेताकार्यकर्ता हरूलाई पनि आव्हान गरे। 

पूर्व अर्थमन्त्री समेत रहेका प्रवक्ता महतले देशमा पछिल्लो समय केही पनि भएन भन्ने गलत प्रकारको नकारात्मक भ्रम सिर्जना गरेर देशमा बस्नै हुँदैन भन्ने भाष्य निर्माण गर्न खोजेको भन्दै त्यतातिर सचेत रहन आग्रह समेत गरे। 

प्रवक्ता महतले भने देशमा धेरै भएको छ, बाटो घाटो र शिक्षाको पहुँच देशभर पुगेको छ, जनता स्वास्थ्य, खानेपानी र विद्युतको पनि सहज पहुँचमा छन्, यद्यपि यो प्रयाप्त विकास भएको भने होइन अझै धेरै गर्न बाँकीनै छ।