किरणले मागे सामाजिक विकास मन्त्रीको राजिनामा

किरणले मागे सामाजिक विकास मन्त्रीको राजिनामा

सुर्खेत -  युवा नेता रवि किरण हमालले कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको राजीनामा मागेका छन् ।

उनले डा.सोजन सापकोटाको सरुवा गलत नियतका साथ गरिएको भन्दै राजीनामा मागेका हुन् ।

सापकोटालाई राजनीतिक रूपमा प्रहार गरिएको र स्वास्थकर्मीलाई प्रताडित गरिएको दाबी गरेका छन् ।

प्रदेश सरकारमा कर्मचारी सरुवा पैसा लिएर र राजनीतिक स्वार्थमा भएको भन्दै किरणले कडा आलोचना गरेका छन् ।