श्रमिक तथा ट्रेड युनियन बिभागको सदस्यमा बि.सी

श्रमिक तथा ट्रेड युनियन बिभागको सदस्यमा बि.सी

सुर्खेत - सुर्खेतका प्रभावशाली व्यवसायी जय बि.सीलाई नेपाली काङ्ग्रेस सभापति शेर बहादुर देउवाले श्रमिक तथा ट्रेड युनियन बिभागको सदस्यमा मनोनयन गरेका छन् ।

सभापति देउवाले विधानको धार २५(९) बमोजिम हरिशरण नेपाली प्रमुख रहेको विभागमा जय बि.सीलाई मनोनीत गरेका छन् । 

जय बि.सी सुर्खेतमा प्रभावशाली नेताको रूपमा स्थापित छन् । उनी हक्की स्वभावका छन् । आफ्नो कुरा प्रष्ट राख्ने र निर्भीकता पुर्वक प्रस्तुत हुने बि.सी संस्थापन इतर टिम बाट १४ औं महाधिवेशनमा संस्थापन तिर लागेपछि काङ्ग्रेस  सुर्खेत जिल्लाको समीकरण बदलिएको थियो । 

बि.सी नेपाल ट्रेड युनियन काङ्ग्रेसका केन्द्रिय सदस्य समेत छन् ।