निजामती सेवा दिवसमा कर्णालीका के.सी र श्रेष्ठ छुट्टाछुट्टै पुरस्कृत

निजामती सेवा दिवसमा कर्णालीका के.सी र श्रेष्ठ छुट्टाछुट्टै पुरस्कृत

सुर्खेत - निजामती सेवा दिवसको अवसरमा कर्णाली प्रदेश सरकार मातहत कार्यरत दुई कर्मचारीले छुट्टाछुट्टै पुरस्कार पाएका छन् । 

कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कानून सचिव शंकर बहादुर केसी निजामती सेवा दिवस २०८१ काे अवसरमा उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गरेका छन् भने डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख बसन्तबाबू श्रेष्ठ चन्द्रलेाक प्रतिष्ठानद्वारा आयेाजित सम्मान कार्यक्रममा सम्मानित भएका छन् ।

श्रेष्ठलाई पवित्र र उत्कृष्ट कार्य गरेको भन्दै चन्द्रलोक प्रतिष्ठानले निजामती सेवा सम्मान -२०८१ सम्मान गरेको छ ।