सम्पदा घिमिरे बनिन् मिस युनिभर्स

सम्पदा घिमिरे बनिन् मिस युनिभर्स

ललितपुर- मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेले हात पारेकी छिन् । बुधवार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनी बिजेता बनेकी हुन् ।

यो जितसँगै सम्पदाले मेक्सिकोमा आउँदो नोभेम्बरमा हुने मिस युनिभर्स प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने छिन् ।

मिस युनिभर्सको पाँचौं संस्करणमा विजेता सम्पदा घिमिरेलाई ग्लोबर ग्लामरकी नेसनल डाइरेक्टर संगीता पुरीले ताज पहिराइन् ।

प्रतियोगितामा सहभागीमध्येबाट फस्ट रनरअपमा स्मृति सिंह बिजेता बनेकी छिन् ।

सेकेन्ड रनरअप अक्षिता क्षेत्री र थर्ड रनरअप क्यारिन मुर्रे घोषित भएका छन् । सुजल बम फोर्थ रनरअप घोषित भइन् ।