उत्कृष्ट काम गरेको भन्दै महाबु कावा अध्यक्ष शर्मालाई काङ्ग्रेसले गर्‍यो सम्मान

प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले गाउँपालिकाको प्रशासनिक जिम्मेवारी सम्हालेपछि बेरुजु कम भएको थियो ।

उत्कृष्ट काम गरेको भन्दै महाबु कावा अध्यक्ष शर्मालाई काङ्ग्रेसले गर्‍यो सम्मान

सुर्खेत - नेपाली कांग्रेसले पार्टीबाट २०७९ मा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएका स्थानीय तह (गाउँपालिका र नगरपालिका) प्रमुखलाई सम्मान गरेको छ।

केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको स्थानीय तह समन्वय विभागले केन्द्रीय कार्यालय सानेपामा बिहीबार कार्यक्रम गरी उत्कृष्ट काम गर्नेहरूलाई सम्मान गरेको हो।

कर्णाली बाट दैलेखको महाबु गाउँपालिका कार्यवाहक अध्यक्ष मञ्जुकुमारी शर्मा  सम्मानित भएकी छन् ।

दैलेखका ११ वटा स्थानीय तह मध्ये आर्थिक सुशासनमा महाबु गाउँपालिका पहिलो भएको छ । आर्थिक वर्ष २०७९/८० सालको महालेखा परीक्षकको कार्यालयद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा आर्थिक सुशासन कायम गर्ने स्थानीय तहमा महाबु गाउँपालिका पहिलो भएको थियो । 

प्रमुख प्रशासकीय अधिकृत उदयराज  उपाध्यायले प्रशासनिक जिम्मेवारी सम्हालेपछि बेरुजु कम भएको थियो ।

स्थानीय विभाग प्रमुख मधु आचार्यले महालेखा परीक्षकलगायत विभिन्न सरकारी निकायले स्थानीय तहहरूलाई दिएका नम्बरका आधारमा उत्कृष्ट काम  गरेका पार्टीबाट टिकट लिई निर्वाचित गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुखलाई सम्मान गरिएको बताए।

गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले महिला प्रतिनिधित्व कम रहेकोले अर्कोपटक टिकट दिँदा पार्टीले ध्यान पुर्‍याउने पर्ने बताइन्।

साथै नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले स्थानीय तह संघीयताको जग भएकोले यसलाई बलियो बनाउन सके पार्टी पनि बलियो हुने बताएका छन्।