लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

काठमाडौं – सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बोर्डको अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओली छन् । उपाध्यक्षमा अर्थमन्त्री विष्णु पौडेल छन् । त्यस्तै काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरालाई असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।