उपसभामुखलाई पदबाट हटाउन सम्भव छैनः उपाध्यक्ष सापकोटा

उपसभामुखलाई पदबाट हटाउन सम्भव छैनः उपाध्यक्ष सापकोटा

काठमाडौँ - पूर्वसभामुख तथा नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नहुने बताउनुभएको छ ।

शुक्रबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्नुहुँदै उपाध्यक्ष सापकोटाले राजनीतिक उद्देश्यबाट प्रेरित भएर उपसभामुख रानालाई हटाउन खोजिएको बताउनुभयो । उहाँले सत्तारुढ दलहरुले राजनीतिक कारण उपसभामुखलाई हटाउने कुरा उठाएको भन्दै उपसभामुखलाई हटाउन सम्भव नभएको बताउनुभयो ।

उपाध्यक्ष सापकोटाले सरकार संवैधानिक परिषदमा अल्पमतमा परेका कारण उपसभामुखलाई हटाउने कुरा उठाइएको जिकिर गर्नुभयो । उहाँले संवैधानिक परिषदमा गरिने निर्णयलाई सहज बनाउनका लागि सो एजेण्डा उठाइएको बताउनुभयो ।

पूर्वसभामुख सापकोटाले सभामुख र उपसभामुखले संसद्को गरिमा र ओज राख्नुपर्ने बताउनुभयो । उहाँले सभामुख र उपसभामुखले संसद्को गरिमामा आँच आउने काम गर्न नहुने बताउनुभयो ।