चुनाव रोकिनुको कारण नियुक्तिमा राजनीतिक भागबन्डा - विद्यार्थी नेता शाही

चुनाव रोकिनुको कारण नियुक्तिमा राजनीतिक भागबन्डा - विद्यार्थी नेता शाही

सुर्खेत - मध्यपश्चिम विश्वविद्यालयमा भाद्र २८ गते तय भएको स्ववियु निर्वाचनमा सचीव पदका उम्मेदवार सन्देश शाहीले निर्वाचन रोकिनुको पछाडि काङ्ग्रेस एमालेको हात रहेको प्रतिक्रिया दिएका छन् ।

उनले विश्वविद्यालयमा राजनीतिक भागबन्डा गरेर प्राध्यापक र पदाधिकारी नियुक्ति गरेका कारण निर्वाचन नहुने परिस्थिति निर्माण भएको दाबी गरेका छन् ।

काङ्ग्रेस एमाले मिलेर विश्वविद्यालयमा कार्यकर्ता भर्ती गर्ने अनि तिनै मान्छेले निष्पक्ष चुनाव गराएनन भनेर आरोपप्रत्यारोप गर्नु झुठ कुरा रहेको शाहीले प्रकट गरेका छन् । 

उनले नेविसंघ र अखिलले झुठो कुरा गरिरहेको भन्दै होसियार रहन समेत अपिल गरेका छन् ।