कर्मचारी माथि दुव्र्यवहार गर्नेलाई कार्वाहीको माग

कर्मचारी माथि दुव्र्यवहार गर्नेलाई कार्वाहीको माग

सुर्खेत - सल्यानको कुमाख गाउँपालिकाका कर्मचारी माथि दुव्र्यवहार भएको छ ।

आज ११ बजे स्थानीय युवराज खड्काको अगुवाईमा दुई दर्जन भन्दा बढी युवाको समुह गाउँपालिका प्रवेश गरेका थिए ।

युवाहरूले कर्मचारीलाई दुव्र्यवहार गरेका थिए । कर्मचारीलाई गाली बेइज्जती गरेर कार्यकक्ष बाट बाहिर निकालिएको थियो।

युवाहरूले गाउँपालिकामा तालाबन्दी समेत गरेका छन् । कुमाख गाउँपालिकामा कार्यरत कर्मचारीले संयुक्त हस्ताक्षर गरेको विज्ञप्तिमा दुव्र्यवहार गर्नेलाई कानुन कार्वाही गर्न माग गरेका छन् ।

निमित्त प्रशासकीय प्रमुख छबिलाल खड्काले कानुन बमोजिम कडा कार्वाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।