धनुषा प्रहरीको हिरासतबाट ९ जना थुनुवा फरार

धनुषा प्रहरीको हिरासतबाट ९ जना थुनुवा फरार

जनकपुरधाम– जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ९ जना थुनुवा फरार भएका छन्। आज बिहान करिब ३ बजेतिर हिरासत कक्षको भेन्टिलेसन फोडेर उनीहरु फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

हिरासत कक्षमा रहेका १० जना थुनुवामध्ये भेन्टिलेसन फोडेर निस्किएका थिए । जसमध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

फरार भएका सबै थुनुवाहरु लागू औषध र चोरी मुद्दाका अभियुक्त थिए। प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।