डिआइजी कार्कीको " दशैं रमाइलो " गीतको म्युजिक भिडियो सार्वजनिक

डिआइजी कार्कीको " दशैं रमाइलो " गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं - नेपाल प्रहरीका डिआइजी दान बहादुर कार्कीले चाडपर्वको माहोल थपेका छन् ।

उनले सिर्जना गरेको " दशैं रमाइलो " गीतको म्युजिक भिडियो RT Entertainment YouTube  च्यानल मार्फत सार्वजनिक भएको छ । 

कार्कीको शब्द रचना रहेको गीतमा दिपाश्री निरौला, प्रीयंका कार्कि, सरोज ओली, राजेश पायल राइ ,मेलिना राइ लगायत कलाकारले नृत्य गरेका छन् ।

कार्कीले एक महिना अगाडि मात्र नेपाल प्रहरीको भावना चाहना बोल्ने गीत 'फूलको बासना सरी' सार्वजनिक गरेका थिए ।