केयूले अनलाइनमार्फत संस्कृत भाषा पढाउने
काठमाडौं - काठमाडौं विश्वविद्यालयले संस्कृत भाषा पढाउने भएको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनअन्तर्गत राइटिङ एन्ड कम्युनिकेसन सेन्टरले भाषा प्रवर्द्धनका लागि छोटो कोर्स सञ्चालनमा ल्याएको हो ।
केयूले सुरुमा संस्कृत भाषाको तीन क्रेडिट आवरको आधारभूत कक्षा सञ्चालनमा ल्याएको हो । भाषा कक्षा ६ डिसेम्बरबाट सुरु हुनेछ । अध्ययनका लागि ३० नोभेम्बरभित्र अनलाइन फारम भर्नुपर्नेछ । पढाइ भने अनलाइनमार्फत सञ्चालन हुनेछ । अनलाइन कोर्सले संस्कृत व्याकरणबारे जानकारी, संवादमा सीप, व्याकरणमा सुधार तथा संस्कृत भाषा प्रयोगमा सघाउ पुर्याउने विश्वास केयूको छ ।
कक्षामा सहभागी हुन गगुल लिंकमार्फत नाम दर्ता गर्न सकिने केयूले जनाएको छ ।
प्रतिक्रिया