राष्ट्रिय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय, आज सार्वजनिक बिदा

राष्ट्रिय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय, आज सार्वजनिक बिदा

काठमाडौं– मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकले स्वर्गीय ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्‍टि गर्ने निर्णय गरेको छ ।

बैठकले ढुङ्गानाको निधनमा स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बैठकले पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा आज सार्वजनिक बिदा समेत दिएको छ ।

८३ वर्षीय ढुंगानाको कलेजो  सम्बन्धी उपचारको क्रममा आइतबार दिउँसो निधन भएको थियो । उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।