स्वास्थ्य कार्यालय डोल्पाद्वारा कालाजार रोगीहरुको सक्रिय खोज पड्ताल तथा सचेतना

स्वास्थ्य कार्यालय डोल्पाद्वारा कालाजार रोगीहरुको सक्रिय खोज पड्ताल तथा सचेतना

सुर्खेत - स्वास्थ्य सेवा कार्यालयले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा कालाजार रोगीहरुको सक्रिय खोज पड्ताल तथा सचेतना कार्यक्रम संचालन गरेको छ । 

त्रिपुरासुन्दरी नगरपालिकाको वडा नम्बर ५ र ६ मा खोज पड्ताल तथा सचेतना कार्यक्रम  ACD कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय तहको स्वास्थ्य शाखा सङ समन्वय गरेर स्वास्थ्य सेवा कार्यालयले कार्यक्रम संचालन गरेको थियो ।

स्वास्थ्य सेवा कार्यालय डोल्पाले १७ गते सोही कार्यक्रम ठुलोभेरी नगरपालिकाको वडा नम्बर ८ र १८ गते काईके गाउँपालिका वडा नम्बर ६मा सम्पन्न गरेको थियो ।

कालाजार भुसुनाको टोकाइबाट सर्ने सरुवा रोग हो । यो रोग परजीवीले गर्दा लाग्दछ । भुसुनाले रोगी मानिसलाई टोकेर स्वास्थ्य मानिसलाई टोक्दा यो रोग सर्छ ।