स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ बने गोरख राणा
काठमाडौं : स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओमा गोरख राणा नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समिति बैठकले राणालाई १ जनवरीदेखि लागू हुनेगरी सीईओ पदमा नियुक्त गरेको हो । उनी यस बैंकको पहिलो नेपाली सीईओ हुनेछन् । हाल उनी डेपुटी सीईओको भूमिकामा रहँदै आएका छन् । अनिर्वन घोष दस्तिदारको कार्यकाल सकिएसँगै राणा सीईओमा नियुक्त भएका हुन् । दस्तिदार अब बोर्डको विशेष सल्लाहकार हुनेछन् ।
३० वर्षको बैंकिङ अनुभव संगालेका राणासँग स्टान्डर्डमा हुँदा कर्पोरेट एन्ड इन्भेस्टमेन्ट, रिटेल बैंकिङ बिजनेस विभागमा रहेर काम गरेको अनुभव छ । उनले इलिनोइस विश्वविद्यालयबाट एमबीए अध्ययन गरेका छन् ।
प्रतिक्रिया