राप्रपा नेता कार्कीले भने : गभर्नर नियुक्तिमा चलखेल गलत

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य हिक्मत जंग कार्कीले गभर्नरको नियुक्तिको विषयलाई लिएर कडा टिप्पणी गरेका छन् ।
गभर्नर नियुक्तिमा भएको व्यापक राजनीतिकरण र भागबन्डाको खेलले वर्तमान व्यवस्थाप्रति जनताको विश्वास टुट्दै गएको दाबी गरेका छन्।
कार्कीले योग्यतालाई पन्छ्याएर दलगत स्वार्थ अनुसार निर्णय गर्ने प्रवृत्तिले निष्पक्षता कायम नहुने समेत ठोकुवा गरेका छन्।
उनले लेखेका छन् ` यस्तो कार्यशैलीले प्रजातान्त्रिक मूल्यहरू कमजोर पार्दै जनआकांक्षाबाट प्रणाली टाढिँदै गएको छ।यस कारणनै हामीले व्यवस्था परिवर्तनको विषय उठाएका हौं।`
गभर्नर नियुक्तिको विषयलाई लिएर सत्तारुढ कांग्रेस र एमालेबीच तिक्तता बढिरहेको छ भने बिचौलियाहरूको कारणले सरकार निर्णय लिन सकिरहेको छैन।
प्रतिक्रिया