अझै पनि ढिकेनुनको प्रयोग

हुम्ला -नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीको तिल गाउँका स्थानीय अहिले पनि ढिकेनुनकै प्रयोग गर्न बाध्य छन् । आयोडिनयुक्त नुनका बारेमा जानकारी पनि नभएको र उक्त गाउँसम्म नुन पु¥याउने व्यवस्था नभएका कारण तिल गाउँवासी ढिकेनुन नै प्रयोग गर्छन् ।
लिमीका वडा सदस्य एवं तिल गाउँका स्थानीय तेण्डुप तामाङले हालसम्म आफ्नो गाउँवासीले हालसम्म आयोडिन युक्त नुनको प्रयोग गर्न नै नपाएको बताउनुभयो । सबै गाउँवासीलाई आयोडिनयुक्त नुनका बारेमा जानकारी नभएको र गाउँमै पहिलेदेखि नै चीनको ताक्लाकोटबाट ढुवानी गरेर ल्याएर मौज्दात गरिएको ढिकेनुनको प्रयोग भइरहेको उहाँले बताउनुभयो । यो नुन मानिस र पशु वस्तुलाई प्रयोग गर्ने गरिन्छ । आयोडिनयुक्त नुन सरकारले ढुवानी अनुदानमा दिन्छ र हुम्लामा प्रतिकेजी नौ रुपियाँमा पाइन्छ भन्ने पनि गाउँवासीलाई जानकारी नै नभएको उहाँको भनाइ छ । आयो नुनको फाइदा र महìव त परैकै कुरा, जिल्लामा सस्तोमा खरिद गर्न पाउँछ भन्ने जानकारी नभएको उहाँले बताउनुभयो । आफुले ढुवानी समस्याका कारण सो नुन गाउँ लैजानका लागि कुनै पहल गर्न नसकेको उहाँले बताउँदै आफैँ ढुवानी गरे प्रतिकेजी एक सय रुपियाँभन्दा तल नपर्ने बताउनुभयो ।
हाल तीन गाउँमा २३ घरधुरी बस्दै आउनुभएको छ । जसमा ११३ जनसङ्ख्या हाल तिल गाउँमा बस्दै आएको छ । यसअघि ६४ घरधुरी तिल गाउँमा रहेकोमा अरू घरधुरी काठमाडौँ बसाइ सरिसक्नुभएको छ । तिल गाउँमा आयोडिनयुक्त नुन नपुगेको साल्ट ट्रेडिङ कर्पोरसन लिमिटेड हुम्ला शाखाका प्रमुख राजबहादुर लामाले बताउनुभयो । लिमीका लागि याल्वाङसम्म लिमिटेडले ढुवानी गरेर पु¥याउने र त्यताबाट सम्बन्धित व्यक्तिले नै ढुवानी गर्नुपर्ने भएका कारण पनि तिल गाउँमा सो नुन नपुगेको हुनसक्ने उहाँले बताउनुभयो । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले अब यस्ता दुर्गममा गाउँसम्म ढुवानी गरेर नुन पु¥याउने व्यवस्था लिमिटेडले गर्न आवश्यक देखिएको छ । यो नुन प्रयोग गर्न नपाएका कारण तिल गाउँवासी यसबाट लाग्न सक्ने रोगबाट पीडित भएको बताउँदै उहाँले अघिल्लो वर्ष हल्जी गाउँमा भने वडाको सहयोगमा उक्त नुन पु¥याएको बताउनुभयो ।
प्रतिक्रिया