तीनकुने घटनामा मुद्दा खेपिरहेका सबैको कानूनी प्रक्रियामा राप्रपाले जिम्मेवारी लिने

तीनकुने घटनामा मुद्दा खेपिरहेका सबैको कानूनी प्रक्रियामा राप्रपाले जिम्मेवारी लिने

 काठमाडौं - तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने घोषणा पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गरेका छन् । नाजायज रूपमा हिरासतमा राखिएका देशभक्त-राष्ट्रवादी बन्दीहरूको कानूनी प्रक्रियामा राप्रपाले सघाउने उनले बताए ।


हिजो राप्रपाको कार्यालयमा संयुक्त जनआन्दोलन समितिको बैठक बसेको थियो । सो बैठकमा लिङदेनले यस्तो घोषणा गरेसँगै सबै स्वागत गरे । राजसंस्था पक्षधर सबैभन्दा ठूलो दलका रूपमा राप्रपाले गरेको यो जिम्मेवारीबोधको राजावादी नेताहरूले प्रशंसा गरेका छन् ।